प्रहरीलाई अत्याधुनिक सुरक्षा उपकरण हस्तान्तरण

प्रहरीलाई अत्याधुनिक सुरक्षा उपकरण हस्तान्तरण
+
-

दाङ–लुम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापन, सडक सुरक्षा र अपराध नियन्त्रणमा प्रविधिमैत्री क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरीलाई अत्याधुनिक उपकरणहरू हस्तान्तरण गरेको छ।

बुधबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन।

प्रहरीलाई हस्तान्तरण गरिएको सामग्रीमा प्रमुख रूपमा सवारीसाधनको नम्बर प्लेट चिन्न सक्ने क्यामरा लगायत अत्याधुनिक उपकरणहरु रहेका छन। यसअन्तर्गत ४ थान नम्बर प्लेट चिन्ने क्यामेरा, ४ थान कृत्रिम बुद्धिमत्ता (एआई) क्यामेरा, २ थान भिडियो रेकर्ड गर्ने यन्त्र (एनभीआर), २ थान मोनिटर, रातको समयमा दृश्य स्पष्ट देखिने ४ थान बत्ती, ४ थान फलामका पोल, १ हजार मिटर अप्टिकल फाइबर, ४ थान इन्टरनेट चलाउन सहयोग गर्ने पिओई स्विच, २ थान फाइबर मोड्युल स्विच, २ थान पोल यु।पी।एस। र २ थान ब्याट्रीसहित युपीएससहित १ थान केन्द्रीय निगरानी तथा भिडियो व्यवस्थापन सफ्टवेयर प्रदान गरिएको हो।

त्यस्तै, सुरक्षाको थप मजबूतीका लागि प्रयोग गरिने २ थान ड्रोन क्यामेरा, जसमा २६५ जीबीको एसडी कार्ड समेत समावेश गरिएको छ। त्यसैगरी, व्यक्तिहरूको प्रवेश निगरानी गर्न प्रयोग हुने २ थान वाकथ्रु गेट र त्यससँगै २ थान एभीआर समेत प्रहरीलाई हस्तान्तरण गरिएको छ।

मन्त्री अग्रवालले प्रविधिको प्रयोगमार्फत सुरक्षामा दक्षता र प्रभावकारिता बढाउने उद्देश्यले यस्ता उपकरणहरू उपलब्ध गराइएको जानकारी दिए। उनले सुरक्षाका क्षेत्रमा प्रदेश सरकारले गरिरहेको लगानीले अपराध नियन्त्रण, सडक सुरक्षा, विपद् व्यवस्थापन र शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रहरी नायव महानिरीक्षक भट्टले प्राप्त उपकरणहरूलाई सुरक्षाका विभिन्न गतिविधिमा प्रभावकारी रूपमा प्रयोग गरिने प्रतिवद्धता व्यक्त गरेका छन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?