
काठमाडौँ- उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पदमुक्त गर्ने अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध राप्रपाका नेता निर्वाचन आयोग पुगेका छन्।
पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै अध्यक्ष लिङ्देनले गिरीलाई शुक्रबार केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए।
उक्त निर्णय गतल भएको भन्दै राप्रपाका नेताहरु प्रकाशचन्द्र लोहनी, धवल सम्शेर राणा, हरि बस्नेतलगातका नेताहरुले लिङ्दनको निर्णयलाई मान्यता नदिन माग गर्दै आयोग पुगेका हुन्।
गिरीलाई कारबाही गरेको विषयप्रति विमति राख्दै कर्णाली प्रदेशका १६ जना नेताहरुले आइतबार नै निर्णयप्रति आपत्ति जनाएका थिए। उनीहरुले सासूहिक रुपमा विज्ञप्ति जारी गर्दै पार्टीमा योगदान विपरीत प्रष्टिकरणको मौकासमेत नदिइ गरिएको आपत्ति जनक भएको बताएका थिए।
उनीहरुले भनेका छन्, ‘उहाँले पार्टीलाई दिनुभएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः संचालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामुहिक वक्तव्यलाई आधार बनाएर विना कुनै सूचना र स्पष्टीकरण उहाँलाई विधान विपरीत पदमुक्त गरिंदा कर्णाली प्रदेशका हामी तमाम पदाधिकारी तथा केन्द्रिय सदस्यहरु चिन्तित भएका छौं ।’
महामन्त्री कुन्ति कुमारी शाही, कर्णाली प्रदेश अध्यक्ष दिपबहादुर शाहीसहितका १६ जनाले निर्णय तुरुन्तै सच्याउन पनि माग गरेका छन्।
‘पार्टीको बृहत्तर हित र पार्टी एकतालाई ध्यानमा राखेर उहाँलाई विधान विपरीत गरिएको कारवाही तत्काल फिर्ता गरी पूर्ववत् जिम्मेवारीमा पुनस्थापना गर्न केन्द्रीय अध्यक्षज्यू समक्ष अपिल गर्दछौँ, उनीहरुले भनेका छन्।
थप तस्बिरहरू: