
काठमाडौँ – महिला अधिकारका लागि दबाब अभियानको आयोजनामा आइतबार काठमाडौँमा महिला अधिकारका पक्षमा ऐक्यबद्धता र्याली निकालिएको छ।
र्याली माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वरसम्म पुगेर सकिएको थियो।
र्यालीमा सहभागीहरूले ‘न्याय खोइ?’, ‘संविधानले दिएको हक कार्यान्वयनमा किन लक?’, ‘मेरो शरीर, मेरो अधिकार’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
उनीहरूले संविधानमा सुनिश्चित गरिएका महिला अधिकारको प्रभावकारी कार्यान्वयनको माग गरे।