
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन्। उनले आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छन्।
तर, एमाले अध्यक्ष ओलीले उनलाई पार्टीको राजनीतिमा फर्कनबाट रोक्न खोजेका छन्।
शनिबार सम्पन्न एमाले पोलिटब्यूरो बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय नै पेन्डिङमा रहेको भन्दै उनलाई तत्काल पार्टीको नेतृत्वमा ल्याउन नसकिने निष्कर्ष निकालेको थियो।
पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते मदन भण्डारीको ७४ औँ जयन्तीमा आयोजित कार्यक्रममा एमालेमा फर्कने घोषणा गरेकी थिइन्।
भण्डारी च्यासल पुगे पनि प्रधानमन्त्री ओली भने पुगेका छैनन्।