
जनकपुरधाम – जनकपुरधामको एक होटलमा धारिलो हतियार प्रहार गरी एक तलामाथिबाट खसालेर युवकको हत्या गरिएको छ।
महोत्तरी गाउँपालिका–१ पर्सा बस्ने २८ वर्षीय शनि भन्ने बिमलेश यादवको हत्या गरिएको प्रहरीले जनाएका छन ।
शनिबार राति जनकपुरधामको जिरोमाइल स्थित होटल एसपी एन्ड गेस्ट हाउसमा धारिलो हतियार प्रहार गरी एक तल्ला माथिबाट खसालेको अवस्थामा युवक फेला परेका थिए।
आइतबार बिहान करिब पौने ८ बजेको समयमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा युवकको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए। यस घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ।