
काठमाडौँ- यस वर्षको साउन महिनाको आज पहिलो सोमबार।पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनहरूको भीड छ।
यहाँ पूजाआज गर्न आएका दर्शनार्थीका लागि बिहान साढे ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको छ।
दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
साउन महिना र सोमबार भगवान शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छ। साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ।
साउन विशेषगरी हरियो, रातो र पहेँलोको महिना हो। यस अवसरमा विशेषहरू महिलाहरू बस्त्र, चुरा पोते पनि त्यही अनुसारको लगाउँछन्। पशुपतिनाथमा आएका महिला भक्तजनहरूपनि अधिकांश सोही पहिरिएका छन्।
थप तस्बिरहरू: