
काठमाडौँ- नेकपा एमालेले पार्टी कार्यालयमा पत्रकारलाई प्रवेश निषेध गरेको छ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकको रिपोर्टिङ गर्न गएका पत्रकारलाई एमालेले कार्यालय परिसरमा प्रवेश गर्न रोक लगाएको हो।
कार्यालय बाहिर सडकमै पत्रकारलाई ठाउँ तोकिएको छ। पत्रकारलाई रोक्न एमालेले सुरक्षाकर्मीसमेत खटाएको छ।
यसअघिका कार्यक्रमको जानकारी एमालेले कार्यालय परिसरमै गराउने गरेको थियो। आज कार्यालय परिसरमा जान निषेध गरिएको प्रति पत्रकारहरूले आपत्ति जनाएका छन्।
मर्यादाको पालना गरी आफूहरूले स्वतन्त्र रुपमा रिपोर्टिङ गर्न पाउनुपर्ने माग पत्रकारहरूको छ।
आजको केन्द्रीय कमिटी बैठकमा सचिवालय र पोलिटव्यूरोबाट पारित विधान संशोधन प्रस्तावमाथि विस्तृत छलफल हुने जनाइएको छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएअनुसार, विधान संशोधन प्रस्तावमा पार्टीको ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल मात्रै रहन पाउने व्यवस्थालाई हटाउने प्रस्ताव गरिएको छ।
विधान संशोधनसम्बन्धी प्रस्तावका अलावा पार्टीको संगठनात्मक कामको ‘रिपोर्टिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा पनि छलफल हुनेछ।
पार्टीको संरचनामा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ।
थप तस्बिरहरू: