युवकको हत्या गरेको आरोपमा युवती पक्राउ

युवकको हत्या गरेको आरोपमा युवती पक्राउ
+
-

जनकपुरधाम– धनुषामा युवकको हत्या गरेको आरोपमा युवतीले पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा–४ मा डेरा गरी बस्ने २१ वर्षीया जुली झा रहेकी छन्।

उनीमाथि महोत्तरीको पर्सा गाउँपालिका–१, पर्सा टोल बस्ने ३२ वर्षीय विमलेश यादवको हत्या गरेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गर्दै युवती झाले शनिबार राती १० बजेको समयमा जनकपुरधामस्थित जिरोमाइलमा रहेको होटल एसपी एण्ड गेष्ट हाउसमा युवक यादवको हत्या गरेको जानकारी दियो।

शनिबार राति करिब साढे ३ बजेको समयमा यादव होटलमा मृत भेटिएका थिए। प्रहरीका अनुसार उनीहरू शनिबार राति करिब १० बजेको समयमा होटेल एसपी एण्ड गेष्ट हाउसको १०२ नम्बर कोठामा सँगै बसेका थए।

राति २ बजेर ५७ मिनेटमा युवक रगतले भरिएको अवस्थामा पहिलो तल्लाबाट नग्न अवस्थामा झरेका थिए। र राति ३ बजेर ४ मिनेटमा युवती होटलबाट भागेको सिसिटीभी फुटेजमा देखिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले बताए।

प्रहरी अनुसन्धानबाट युवक यादव विवाहित हुन्। विवाहअघि युवक र युवती प्रेम सन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

विवाहित युवक यादव र आरोपित युवती झाबीच अवैध सम्बन्ध रहेको र उक्त सम्बन्धको क्रममा बनाएको भिडियो देखाएर युवकले युवतीलाई ब्लाकमेल गर्दै आएको पनि खुलेको छ।

सोही विषयलाई लिएर युवतीले झाको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

युवतीलाई आइतबार दिउँसो १२ बजे महोत्तरीको परौल स्थानतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?