क्यान्सर पीडितलाई सहयोग गर्न चिया अभियान

क्यान्सर पीडितलाई सहयोग गर्न चिया अभियान
+
-

नेपालगन्ज – क्यान्सरबाट मृत्यु भएकी महिला विकास निरीक्षक विन्दु कुँवरको स्मृति कोठा बनाउन तथा क्यान्सर पीडितलाई सहयोग गर्नका लागि नेपालगन्जमा चिया अभियान सुरु गर्ने तयारी गरिएको छ।

विन्दु कुँवर फाउन्डेसन र बालक्लवका पूर्वसदस्यहरुले सञ्चालन गरेको सहयात्री नेपालले उक्त अभियान सुरु गर्न थालेका हुन्।
‘एक चिया, एक जीवन, एक परिवर्तन’ भन्ने नाराका साथ सहयोगका लागि चिया अभियान साउन ९ गते शुक्रबार नेपालगन्जको त्रिभुवनचोकमा हुनेछ। त्यहाँ चियाको स्टल राखेर निशुल्क चिया खुवाइनेछ भने चिया खान आउने मनकारी, दयालु, मावन सेवीले क्यान्सर पीडितलाई सहयोग गर्न सक्नेछन्।

चिया अभियानबाट सहयोग भएको रकमको ८० प्रतिशत निलसागर सेवा आश्रमको भवन निर्माणमा सहयोग गर्ने सहयात्री नेपालका कोषाध्यक्ष सल्मान सल्मानीले बताए। निलसागरको भवन बनेपछि एउटा कोठालाई विन्दु कुँवर स्मृति बनाइने छ । सहयोगको २० प्रतिशत रकम क्यान्सर पीडितलाई सहयोग गर्ने सहयात्री नेपालकी श्वेता गुरुङले जानकारी दिइन्।

पत्रकार सम्मेलनमा सहभागी नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरीले अभियान नयाँ र राम्रो भएको बताए । विन्दु कुँवरकी छोरी सम्विधा थापाको उपस्थिति रहेको कार्यक्रममा कुँवरको योगदानको चर्चा गरिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?