जंगली च्याउ खाँदा दिदी-भाइको मृत्यु

जंगली च्याउ खाँदा दिदी-भाइको मृत्यु
+
-

दाङ- रुकुमपूर्वको भूमे गाउँपालिका- ५ सेराबाङमा जंगली च्याउ खाएर बिरामी परेका दिदीभाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ वर्षीय योजन विक र ७ वर्षीया भाग्यरेखा विक छन् । दुवै जना च्याउ खाएर गम्भीर बिरामी परेका थिए । रूकुमपूर्व प्रहरीले दिएको जानकारी अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मंगलवार दिउँसो र भाग्यरेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा मंगलवार राति उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरूकी ९ वर्षीया दिदी आयुषा विकको अवस्था पनि गम्भीर बनेपछि सल्यानबाट दाङ रिफर गरिएको छ ।

त्यस्तै, ३५ वर्षीया आमा राजकुमारी विकको रुकुमपश्चिम जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

गत आइतबार एउटै परिवारका चार जनाले खाएको जङ्गली च्याउले विषाक्त असर देखाएपछि उनीहरू बिरामी परेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?