साढे १८ करोडको लागतमा जनकपुरधाममा बन्यो सीता पुष्पवाटिका (तस्बिरसहित)

साढे १८ करोडको लागतमा जनकपुरधाममा बन्यो सीता पुष्पवाटिका (तस्बिरसहित)
+
-

जनकपुरधाम- सीता–राम विवाहसँग सम्बन्धीत मणिमण्डपमा संघ सरकारको लगानीमा सीता पुष्पवाटिका निर्माण भएको छ ।

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले यसलाई वैवाहिक गनतव्यको रुपमा विकास गर्नुपर्ने बताए ।

जनकपुरधाम उपमहानगरपालिका–१३, मणिमण्डपमा निर्माण भएको सीतापुष्पवाटिकाको समुद्घाटन गर्दै मन्त्री सिंहले इतिहासको सम्मान गर्दै मन्त्रालयले यस क्षेत्रको समुचित विकासका लागि विभिन्न समरचनाहरु आवश्यकता अनुसार बनाइरहेको बताए ।

‘बाँकी रहेको कामलाई सम्पन्न गर्न तीनै तहका सरकार सबै मिलेर अझ सक्कली स्वरुपमा प्रस्तुत गर्न लाग्ने नै छौँ’, उनले भने ।
मन्त्री सिंहले मणिमण्डपको धार्मिक महत्व रहेको भन्दै भने, ‘हामीले यसलाई समय सुहाउँदो यस क्षेत्रलाई अझ व्यापक रुपमा प्रचार प्रसार गर्दै नेपालमा मात्र नभई दक्षिण एसियामा मात्र नभई विश्वभर यसको पहिचानको प्रचार प्रसार गर्नुपर्छ ।’

‘हामीले यो मणिमण्डलाई सुरक्षित राख्दै यो जनकपुरको मात्र नभई नेपालकै महत्वको हो’, उनले अगाडि भने, ‘यो सीता र रामको विवाह भएको थलो भएकोले आधुनिक हिसाबले काम गर्नुपर्छ । यसलाई वैवाहिक गणतव्यको रुपमा विकास गर्नुपर्छ ।’

सीतापुष्पवाटिका (मणिमण्डप) निर्माणका लागि २०७५ मंसिर २४ गते सम्झौता भएको थियो । मूल्य अभिवृद्धि कर बाहेक १८ करोड १५ लाख २२ हजार ७९३ मा सम्झौता भएकोमा समयमा काम सम्पन्न हुन नसकेपछि समय थप गरिएको थियो । २०८२ असोज ३० गतेभित्र काम सम्पन्न गर्नेगरी म्याद थप भएको थियो । हालसम्म मूल्य अभिवृद्धि कर बाहेक १८ करोड ५३ लाख २१ हजार ७८०.१४ रकम खर्च भएको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, जनकपुरधामले जनाएको छ ।

रविना कन्सट्रक्सन प्रा.लि., स्वंयम्भु, काठमाडौँले यस आयोजना अन्तरगत सुविधा सम्पन्न भ्यालेस भवन सहित २ वटा धर्मशाला, २ वटा पभेलियन निर्माण गरिएको छ ।

प्यालेश भवनमा ७० जना अटाउने हलसहित अट्याच ट्वाइलेटसहित १६ वटा बेडरुम, १ वटा डाइनिंग हल, १ वटा किचेन, १ वटा म्युजियम अफिस कोटा, १ वटा डाइनिंग हल, १ वटा किचेन, विवाहमण्डप, दुई वटा पभेलियम र १० कोठे सटर रहेको छ ।

यस आयोजना अन्तर्गत विवाहपञ्चमी, परिक्रमा जस्ता धार्मिक उत्सव तथा समारोहमा जनकपुरधाममा आउने धर्मावलम्बीहरुलाई उचित बसोबास तथा व्यवस्थापनका लागि अन्य संरचना अन्तरगत केही धर्मशाला निर्माण तथा स्तरोन्नति गरिएको छ ।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?