
काठमाडौँ- बुधबार प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली संसद पुग्दा रमाइलो दृश्य देखियो।
उनी संसद् पस्दा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ निदाइरहेका थिए। मंगलबार राति मध्यरातसम्म च्यासलमा केन्द्री कमिटी बैठकमा व्यस्त रहेका प्रधानमन्त्री ओली भने फुर्तिला नै देखिन्थे भने सञ्चारमन्त्री गुरुङ भने मस्त निद्रामा पुगेका थिए।

प्रधानमन्त्री ओली नजिकै पुग्दा पनि सञ्चारमन्त्री सुब्बाको निद्रा खुलेन। रक्षामन्त्री मानवीर राईले पछिल्लो लहरबाट प्रधानमन्त्री ओलीलाई उठेर नमस्कार गरे भने ओलीले उनलाई इशाराले नै बस्न भनेका थिए। यो सबै भइसक्दा पनि सञ्चारमन्त्रीलाई कुनै पत्तो भएन। उनले प्रधानमन्त्रीतिर हेर्दा पनि हेरेनन्।
संसद् बुधबार पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गरेका थिए भने प्रधानमन्त्रीले गर्ने भनिएको विशेष सम्बोधन पनि स्थगन भएको छ।






