बाँकेमा परेन पानी, २५ प्रतिशत जमिन बाँझै

बाँकेमा परेन पानी, २५ प्रतिशत जमिन बाँझै
+
-

नेपालगञ्ज- साउनकाे पहिलाे हप्ता कटिसक्दा पनि पानी नपर्दा बाँकेका किसान चिन्तित भएका छन् ।

मानाे खाएर मुरी फलाउने याे बेला पानी नपर्दा यहाँका किसान आकाश हेर्दै बसेका छन् । ‘आकाशमा बादल हेर्दै बसेका छाैँ। पानी पर्न सकेकाे छैन,’डुडुवाका किसान राजकुमार शुक्ला भन्छन्,’पानी नपर्दा राेपाइँ गर्न पाएका छैनाैँ।’ उनले खडेरीकाे चिन्ता बढेकाे बताए ।

याे वर्ष अहिलेसम्म ठूलाे पानी परेकाे छैन । सिक्टा सिँचाइ आयाेजनाले केही क्षेत्रमा छाेडेकाे पानी, बाेरिङ, पम्पसेट, माेटर चलाएर अहिलेसम्म बाँकेमा ७५ प्रतिशत राेपाइँ भएकाे छ । पानीकाे कुनै सुविधा नभएकाे ठाउँकाे खेतमा धुलाे उडिरहेकाे छ । जेनतेन राेपेका धेरै ठाउँमा धान सुकिसकेकाे छ । खेतमा धाँजा फाटेकाे छ ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनाेद घिमिरेले सिँचाइकाे सुविधा भएकाे राप्तीसाेनारी, बैजनाथ गाउँपालिकामा धेरैँ राेपाइँ भएकाे र नरैनापुर, डुडुवा, जानकी गाउँपालिकामा कम राेपाइँ भएकाे जानकारी दिए ।

त्यसाे त बाँकेमा वर्षेनीजसाे धान उत्पादनकाे क्षेत्र घट्दै गएकाे छ । ३६ हजार ५ सय हेक्टरमा धान उत्पादन हुँदै आएकाेमा गतवर्ष ३४ हजार ७ सय ११ हेक्टरमा धान खेती भएकाे थियाे । समयमा पानी नपर्दा धान खेती घट्दै गएकाे छ । आर्थिक वर्ष २०८०/८१ मा बाँकेमा एक हेक्टरमा ४.२ मेट्रिक टन धान फलेकाे थियाे । आव ०७९/८० मा प्रतिहेक्टर ३.६५ मेट्रिक टन धान फलेकाे थियाे । कार्यालय प्रमुख घिमिरेले गतवर्ष १ लाख ४५ हजार मेट्रिक टन धान उत्पादन भएकाे बताए ।

पानी नपर्दा तापक्रम बढिरहेकाे छ । बाँकेमा ४२ डिग्री तापक्रम पुगिसकेकाे छ । पछिल्ला दिनमा ४० डिग्री आसपासमा तापक्रम रहेकाे छ । चर्काे गर्मीले यहाँकाे जनजीवन प्रभावित भएकाे छ ।
बाँकेमा भदाै पहिलाे हप्तासम्म राेपाई हुने गर्दछ । अहिलेसम्म पानी नपरेपनि खडेरी भन्न नमिल्ने कृषिसम्बद्ध बताउँछन् । ‘यहाँ भदाैसम्म राेपाइँ हुन्छ । अझै समय छ । अहिले नै खडेरी भन्न मिल्दैन,’ घिमिरे भने ।

केही वर्षयता समयमा पानी नपर्ने, किसानले जेनतेन राेपाइँ गरिसकेपछि ठूलाे पानी परेर नाेक्सान गर्ने गरेकाे छ । अघिल्लाे वर्ष धान पाक्ने बेलामा ठूलाे पानी परेकाे थियाे । जसले किसानलाई ठूलाे नाेक्सानी पुर्‍यायो ।

गाैरवकाे आयाेजना सिक्टा सिँचाइँ पूर्ण नहुँदासम्म यहाँकाे किसानकाे दुःख फेरिने अवस्था देखिँदैन । आव २०६१/६२ देखि सुरु भएकाे सिक्टाकाे काम अझै सकिएकाे छैन । यसमा समय घर्किरहेकाे छ भने आर्थिक भार थपिँदै गएकाे छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?