कृषि कर्ममा रमाउँदै लामिछाने

कृषि कर्ममा रमाउँदै लामिछाने
+
-

गण्डकी – पोखरा महानगरपालिका–३३ तोरीचौरका प्रदीप लामिछानेलाई यतिबेला आफूले उत्पादन गरेको काँक्रोलाई बजारमा पुर्‍याउन भ्याइनभ्याई छ। दिनभरि काँक्रा टिप्ने र राति गाडीमा राखेर बजार पुर्‍याउनु उनको दैनिकी हो।

स्नातक तहसम्मको अध्ययन पूरा गरेका ३२ वर्षीय लामिछानेले बारीमा उत्पादित काँक्रा पोखरा शान्तिवनस्थित तरकारी बजारमा पुर्‍याउँदै आएका छन्। पोखरास्थित फूलबारी होटलमा साढे तीन वर्ष काम गरेपछि कुनै समय विदेश जाने योजनाका साथ प्रक्रिया सुरु गर्नुभएका उहाँ अहिले भने कृषि कर्ममै रमाएका छन्।

“होटलको जागिर छाडेपछि विदेश जानका लागि दलाललाई केही पैसा बुझाएँ, केही खर्च पनि भयो, तर पछि विदेश जाने योजना त्यागेर आफ्नै बारीमा काँक्रोखेती गरिरहेको छु”, लामिछानेले भने।

उनका बारीमा गत जेठमा रोपेका काँक्राले उत्पादन दिन सुरु गरिसकेका छन्। बारीमा अहिले काँक्राको उत्पादन राम्रो भए पनि बजारमा उचित मूल्य पाउन भने नसकेको उनको भनाइ छ। “सुरुमा काँक्रा प्रतिकेजी रु ८० का दरले बिक्री भए पनि अहिले भने प्रतिकेजी रु ३० मा मात्र पाएका छौँ, उचित मूल्य पाउने हो भने कृषिमा लाग्नेहरूलाई प्रोत्साहन हुने थियो”, लामिछानेले भने।

उनी अहिले हरेक रात जिपमा काँक्रा राखेर पोखरा पठाउँदै आएका छन्। उनका अनुसार बिहान ४ः०० नबज्दै काँक्रा खरिदका लागि व्यापारी घरमै आइसक्छन्। “काँक्रा बिक्रीका लागि समस्या छैन, बिहीबार मात्र पाँच सय केजी काँक्रा बजार पठाएँ, तर भनेजस्तो मूल्य भने अझै पाइएको छैन।”

उनको छ रोपनी बारीमा काँक्रासँगै घिरौला, करेला र लौका पनि उत्पादन भइरहेका छन्। उनका अनसार दैनिक औसतमा रु १५ हजारको व्यापार भइरहेको छ। “पछिल्लो समय काँक्राको बजारभाउ घट्दो छ, यद्यपि यो सिजनमा करिब रु चार लाख आम्दानी भइसकेको छ”, किसान लामिछानेले भने, “सरकारले काँक्राको न्यूनतम मूल्य तोकिदिने हो भने हामीलाई राहत हुने थियो, रोजगारीको खोजीमा विदेश जान सोच्नुपर्ने अवस्था आउने थिएन।”

बारीमा अहिले करेला, बोडी, सिमीलगायतका तरकारी लगाइएको छ। यी तरकारीले भदौमा उत्पादन दिन थाल्छन्। लामिछानेको कृषि कर्ममा उनका बुबा देवीप्रसाद र आमा नारायणीले सहयोग गरिरहेका छन्। लामिछानेका बुबा देवीप्रसादले भने, “यस वर्ष पानी कम परेकाले काँक्रालाई फाइदा भयो, धान खेतमा चिरा परेको छ, तर काँक्राको उत्पादन राम्रो छ।”

हाल उक्त क्षेत्रमा एक सयभन्दा बढी परिवार व्यावसायिक काँक्रालगायतका खेतीमा छन्। यस क्षेत्रका किसानले करिब रु पाँच करोड बराबरको काँक्रा बिक्री गर्ने अनुमान गरिएको छ।

पोखरा महानगरपालिका–३३ का अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार सडकको सुविधा पुगेपछि उत्पादित काँक्रा र तरकारी बजार पु र्‍याउन सहज भएको छ। उनका अनुसार यस क्षेत्रमा तरकारीखेतीका लागि स्थानीय तहले समय सहयोग गर्दै आएको छ। यस क्षेत्रमा काँक्रासँगै पिँडालु, खुर्सानी, सुन्तला, गोलभेँडाको उत्पादन पनि राम्रो छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?