आफ्नै स्कुल बसकाे ठक्करबाट एक बच्चाको मृत्यु

आफ्नै स्कुल बसकाे ठक्करबाट एक बच्चाको मृत्यु
+
-

जनकपुरधाम – सर्लाहीमा आफ्नै स्कुल बसकाे ठक्करबाट एक बच्चाको मृत्यु भएको छ। जिल्लाको ब्रहम्पुरी गाउँपालिका–७, मोहनगञ्जस्थित भित्री सडकखण्डमा टेमुको एकेडेमी स्कुलको बसको ठक्करबाट सोही स्कुलको विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

सोमबार मध्यान्ह ४ बजेर २० मिनेटको समयमा ईश्वरपुर नगरपालिका–१ चौलिखा स्थित रहेको स्कुलबाट पढेर आएकी ब्रहम्पुरी ७ मोहनगंज बस्ने रमेश महतोको ५ वर्षीया छोरी आशिका महतोको किचिएर मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।

म.प्र. ०३९००१ क २५४२ नम्बरको बसले बिद्यार्थीलाई छुट्टीपछि घर छाड्न जाने क्रममा आशिका बसबाट झर्ने क्रममा बसको पछाडिको चक्काले चेपिँदा टाउकोमा चोट लागेको थियो।

उपचारको लागि जीवन नारायण हस्पिटल बयलबास सर्लाहीमा चेक जाँच गरेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता राईले जनाएका छन्।
बच्चाको शवलाई पोष्टमार्टमका लागि मलगवा अस्पतालमा राखिएको छ भने बस प्रहरीको नियन्त्रणमा रहेको तथा चालक फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?