नक्शालस्थित नागपोखरीमा यसरी मनाइँदै छ नागपञ्चमी (फोटो-फिचर)

नक्शालस्थित नागपोखरीमा यसरी मनाइँदै छ नागपञ्चमी (फोटो-फिचर)
+
-

काठमाडौँ- श्रावण शुक्ल पञ्चमीका दिन हरेक वर्ष मनाइने नागपञ्चमी पर्व यस वर्ष मंगलबार (साउन १३ गते) परम्पराअनुसार नागको पूजा गरी मनाइँदैछ।

हिन्दू धर्मावलम्बीहरूले नागपञ्चमीका दिन विशेष विधिपूर्वक दूध, दही, धूप, दीप र नैवेद्य चढाएर नागदेवताको पूजा गर्ने परम्परा छ। घरको मूलद्वारमा नागको चित्र टाँसी पूजा गर्ने चलन समेत रहेको छ।

यद्यपि नागका बाह्र नामहरू भए पनि वैदिक सनातन परम्पराअनुसार अष्टनाग अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्खको विशेष पूजा गरिन्छ। साथै गँगटो, बिच्छी जस्ता विषालु जीवहरूको मूर्ति अङ्कित चित्र पनि पूजासहित टाँस्ने प्रचलन छ।

जनविश्वासअनुसार यसरी नागको पूजा गर्दा तथा तस्बिर टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीलगायत विषालु जीवबाट जोगिन सकिन्छ भने आगलागी, मेघ गर्जन र चट्याङको त्रासबाट पनि बच्न सकिन्छ।

नागपञ्चमीको अवसरमा काठमाडौंको नक्शालस्थित नागपोखरीमा आज भक्तजनको उल्लेख्य भीड देखिएको छ। विगतमा यहाँ नागको दूधले स्नान गराइने परम्परा रहे पनि पछिल्ला केही वर्षदेखि त्यो अभ्यास रोकिएको छ।

थप तस्बिरहरू:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?