
दाङ – दाङमा थारु समुदायले परम्परागत साँस्कृतिक पर्व गुरही धुमधामका साथ मनाएका छन्। समुदायका अगुवा, युवायुवतीदेखि बालबालिकासम्म सबैले यो पर्वलाई उत्सवको रुपमा मनाएका हुन्।
पारम्परिक थारु पोशाकमा सजिएका सहभागीहरूले सार्वजनिक स्थलहरूमा नाचगान र उत्साहपूर्वक खुशीयाली साटासाट गरेका थिए गुरही पर्वको अवसरमा जिल्लाका लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले सार्वजनिक बिदा दिएका थिए।
गुरही पर्व थारु समुदायको महत्वपूर्ण साँस्कृतिक पर्व मानिन्छ। धान रोपाइँपछि थकाइ मार्ने, बर्खे खेतीपाती सकिएपछि रमाइलो गर्ने अवसरका रुपमा लिइने गरिन्छ।
गुरहीले जातीय पहिचानको जगेर्ना गर्ने, पुस्तान्तरणलाई बलियो बनाउने र साँस्कृतिक विविधताको संरक्षण गर्ने काम पनि गर्दै आएको छ।