
जनकपुरधाम – सर्लाहीमा पुरानो घर भत्किँदा एक बालकको मृत्यु भएको छ। बुधबार मध्याह्न साढे ४ बजे प्र.चौ. नाढिमन सर्लाही चन्द्रनगर गाउँपालिका ६ कामद टोल स्थित नबिन सिंहको पुरानो दुई तल्ले पक्की घर भत्किँदा सोही घर आँगनमा खेलिरहेका स्थानीय गौतम माझीको ६ वर्षीय छोरा अरुण माझीको किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
उक्त भवनमा अन्य मानिस किचिएको हुन सक्ने प्रहरीमा जानकारी आएपछि जेसिबी सहितको प्रहरी टोली भत्केको संरचना हटाउँदा अन्य कोही फेला नपरेको प्रहरीले जनाएको छ।
यस्तै, बागमती नगरपालिका १२ भरत तालमा एक महिलाको शव फेला परेको छ। अन्दाजी २१र२२ की तराई मूलको जस्तो देखिने महिलाको सनाखत भएको प्रहरीले जनाएको छ ।