
काठमाडौँ – पाशुपत क्षेत्रस्थित मृगस्थली गोरक्षपीठमा साँस्कृतिक बाजागाजासहित विशेष पूजाआजा गरेर गुरु गोरखनाथलाई भोग अर्पण गरिएको छ।
नेपाल प्राज्ञिक मञ्चले साउन १५ को अवसर पारेर गोरखनाथको वरदानबाट नेपालमा पुनः शाह राजवंशको स्थापनाको कामना गर्दै खीर, दही, दूध, घिउ, कसार, सेलरोटी, लाखामरीलगायतका परम्परागत नेपाली परिकार विधिपूर्वक पूजा–अर्चना गरी भोग लगाएको हो।
मञ्चले प्रत्येक वर्ष साउन १५ लाई ‘खिर खाने पर्व’को रूपमा मनाउँदै गोरखनाथ परम्परासँग जोडिएको उक्त विशेष धार्मिक कार्यक्रमको आयोजना गर्दै आएको छ।
उक्त कार्यको नेतृत्व प्रा. जगमान गुरुङले गरेका थिए।
तस्बिरहरू: