
काठमाडौँ – तराई–मधेसमा पानीको व्यवस्था गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ।
मधेस कृषि-जल आन्दोलन संघर्ष समितिको आयोजनामा शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरूले सुख्खाले धान रोपाइँ हुन नसकेकाले किसानलाई तत्काल राहत दिन र किसानलाई लागत मूल्यको हिसाबले क्षतिपूर्ति प्रदान गर्न माग गरेका छन्।
यस्तै, प्रत्येक वडामा खानेपानीको आपूर्ति सुनिश्चित गर्न, सिँचाइ उपकरण तथा कृषि विद्युतीकरण सबैका लागि निःशुल्क गर्न, नदीहरुमा भइरहेको दोहन तत्काल बन्द गर्न उनीहरूले माग गरेका छन्।