लुम्बिनी विकास कोषमा चार दिनदेखि आन्दोलन, शान्तिस्थल अशान्त

लुम्बिनी विकास कोषमा चार दिनदेखि आन्दोलन, शान्तिस्थल अशान्त
+
-

दाङ– लुम्बिनी विकास कोषमा कार्यरत कर्मचारीहरू मुख्यद्वारमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएको चार दिन पुगेको छ ।

सुरुमा हातमा कालोपट्टी बाँधेर र ‘पेन डाउन’ कार्यक्रम गरी आन्दोलन थालेका कर्मचारी अहिले प्रधान कार्यालयको मूल द्वारमा तालाबन्दी गर्दै अनिश्चितकालीन धर्नामा बसेका छन् ।

कर्मचारीको आन्दोलनका कारण लुम्बिनी क्षेत्र अशान्त बन्दै गएको छ । कोष कर्मचारी युनियनले चार बुँदे माग राखेर विरोध गरिरहेका छन् । तर, यसबीच कोषको महत्वपूर्ण जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीहरू राजधानी काठमाडौँमै रहेका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा वैशाख २९ गते बुद्धजयन्ती मनाएर काठमाडौँ गएका थिए । त्यसपछि उनी लुम्बिनी फर्किएका छैनन् । यो अवधिमा लामा विदेशसमेत गएका थिए ।

कोषाध्यक्ष ढुण्डीराज भट्टराई पनि काठमाडौँमै छन् । सदस्य सचिव सानुराज शाक्यले साउन ५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई राजीनामा बुझाएका छन्, तर त्यो राजीनामा अझै स्वीकृत भएको छैन ।

कोष योजना प्रबन्धक स्मिता भट्ट पनि साउन ५ गतेदेखि कार्यालयमा उपस्थित छैनन् । कर्मचारीहरूले सोही दिन ज्ञापनपत्र बुझाएर विरोधको कार्यक्रम सार्वजनिक गरेका थिए ।

साउन ८ र ९ गते कालोपट्टी बाँधेर काम गरेका कर्मचारीहरूले साउन १२ गतेदेखि सम्पूर्ण प्रशासनिक कामकाज ठप्प पार्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । कर्मचारी युनियनले संचित बिदा, कोष भत्ता र महँगी भत्ता पाउनुपर्ने, २०७९ को कर्मचारी विनियमावली संशोधन गरी उमेर हद नलाग्ने गरी सीमित प्रतिस्पर्धाबाट सेवा करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग राखेका छन् ।

साथै, दरबन्दी चाँडै स्वीकृत गरी सबै कर्मचारीलाई स्थायी गर्नुपर्ने र विनियमावली २०७९ अनुसार स्थायी कर्मचारीको पदोन्नति सुनिश्चित गर्नुपर्ने मागसमेत अघि सारेका छन् ।

आन्दोलनकै क्रममा कर्मचारीहरूले कोषका ३५ वटा मोटरसाइकल, १७ वटा विद्युतीय बस तथा भ्यान, र ३ वटा डिजेल गाडी कोष परिसरमै थन्काएका छन् । ती सवारी साधन कर्मचारीहरूले प्रयोग गरिरहेका कर्मचारीहरूसँग माग गरेर कोषमै राखिएको कर्मचारी युनियन सदस्य अक्दुलअहद खानले जानकारी दिए ।

हाल कोषमा ४० जना स्थायी र १७७ जना सेवा करारका कर्मचारी कार्यरत छन् । २०५८ को विनियमावलीमा ७० प्रतिशत स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने व्यवस्था थियो, तर २०७९ को संशोधित विनियमावलीमार्फत सो प्रावधान षड्यन्त्रपूर्वक हटाइएको आरोप युनियनले लगाएको छ ।

कर्मचारीका जायज मागहरू सम्बोधन गरी समस्या समाधान गर्नुपर्ने कोष प्रमुख पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताएका छन् ।

देश सञ्चारसँगको कुराकानीमा उनले जिम्मेवार पदाधिकारी नहुँदा आन्दोलनरत पक्षसँग संवादसमेत हुन नसकेको बताए । ‘पैदल कार्यालय आउने र फर्किने मात्रै भएको छ’ उप्रेतीले भने, ‘आन्दोलनरत पक्षसँग संवाद हुन नसक्दा समाधानको बाटो पहिल्याउन गाह्रो भइरहेको छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?