ढोरपाटनको शीरैमा सुरम्य जल्पाताल (तस्बिरहरू)

ढोरपाटनको शीरैमा सुरम्य जल्पाताल (तस्बिरहरू)
+
-

पोखरा – हरिया पाटनमा ढकमक्क फूलेका बुकीफूल। अग्ला पहाडमा ठोक्किँदै छिनभरमै कुहिरोको लुकामारी। मुटु छुने बतासको सुस्केरा। कलकलाउँदै बग्ने पानीको धुन। पहाडलाई सिरानी हालेर मस्त छ जल्पाताल।

बर्खा लागेसँगै बाग्लुङको ढोरपाटन नगरपालिका–९ मा पर्ने जल्पातालले रुप फेरेको छ। बाग्लुङको ढोरपाटन नगरपालिका र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने ताललाई दुवै पालिकाले आ–आफ्नो दाबी गर्छन्।

यतिबेला चल्तीमा रहेको गन्तव्य ढोरपाटनको शीरैमा रहेको तालले पर्यटकको पदचाप पर्खिरहेको छ। जल्पाताल ढोरपाटन पुग्ने पर्यटकका लागि ‘कुमारी गन्तव्य’ हो।

स्थानीय भेडा गोठालोबाहेक निकै कम पर्यटकको पदचापले जल्पाताल वरपरको पाटनलाई स्पर्श गरेको छ। तर, जो पुग्छन् उनीहरुलाई मोहनी नै लगाउँछ।

समुन्द्री सतहबाट झन्डै ४ हजार ४०० मिटरको उचाइमा अवस्थित जल्पाताल ढोरपाटन उपत्यकाबाट तीन दिनको पदयात्रामा पुग्न सकिन्छ। जल्पातालसम्म पर्यटक उकाल्न पदमार्गको विकाससँगै सूचना बोर्डको अभाव छ। प्रवर्द्धन गर्न सक्ने हो भने तालसम्म पुग्ने पर्यटकको संख्या निकै बढ्नेछ।

ढोरपाटन सिकार आरक्षभित्र पर्ने ताललाई घेरेको तीन दिशाको पहाड भूक्षयीकरण भएकाले निकट भविष्यमा खुम्चिने सम्भावना पनि उत्तिकै देखिन्छ। त्यसैले पूर्वाधारको विकास, प्रवर्द्धनसँगै संरक्षणको आवश्यकता छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?