पर्रोहा बोलबम धामको ज्योतिर्लिङ्गमा जलार्पण गर्नेको घुइँचो

पर्रोहा बोलबम धामको ज्योतिर्लिङ्गमा जलार्पण गर्नेको घुइँचो
+
-

लुम्बिनी – नेपालको एक मात्र स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने रुपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ।

यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणका लागि दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ। विशेष गरी साउन महिनाभरी पहेँलो बस्त्रधारी दर्शनार्थी यहाँ आउने गर्छन्।

प्राचीन शिवालय पर्रोहा बोलबम धाममा रहेको शिव ज्योतिर्लिङ्गमा हरेक वर्षको गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ। यहाँ जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दीर्घायु हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ।

धामका प्रमुख संरक्षक आचार्य किशोरकुमार गौतमले सोमबार मात्र नभएर अन्य दिनमा ठूलो सङ्ख्यामा भक्तजनले गङ्गाजल अर्पण गर्ने गरेको बताए। साउन महिनामा ज्योर्तिलिङ्गमा गङ्गाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकांक्षा पूरा गरिदिने जनविश्वास छ।

उक्त ज्योर्तिलिङ्गमा अर्पण गर्न कपिलवस्तुको लक्ष्मणघाट, गुल्मीको कालिगण्डकी, चितवनको देवघाट र नवलपरासीको त्रिवेणीघाटबाट गङ्गाजल ल्याउने चलन छ। काँवरमा गङ्गा जल बोकेर कोही पैदल त कोही सवारीसाधनमा बोलबमको नारा लगाउँदै हिँडेका बोलबम यात्रीहरुले यस क्षेत्रलाई रमाइलो बनाएका छन्।

यहाँ मेला भर्न रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका अतिरिक्त फाटफुट रुपमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली एवं राजधानीबाट भक्तजन आउने गर्दछन्। भारतको उत्तरप्रदेश र बिहार क्षेत्रबाट भक्तजन आउने गर्दछन्। यहाँ अहिले पहेँलो बस्त्र, ग्यालन, फलफूल र पूजा सामग्रीको व्यापार फस्टाएको छ।

यो स्थान बुटवलदेखि १५ किलोमिटर पश्चिममा रानीबगिया भन्ने ठाउँबाट दुई किमी दक्षिणमा पर्दछ। बोलबम व्यवस्थापन समितिको आह्वानमा अघिल्लो सोमबार सैनामैना नगरका भक्तजनले कपिलवस्तुको पवित्र बाणगङ्गाको जल ल्याइ पर्रोहा परमेश्वर धाममा जलार्पण गरेको समितिका अध्यक्ष चित्रबहादुर कार्कीले बताए। आगामी सोमबार भने गुल्मीको प्रशिद्ध तीर्थस्थल रुरु क्षेत्रमा पुगेर कालीगण्डकीको जल ल्याएर जलार्पण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?