कर्णाली करिडोरको हुम्ला खण्डमा ६ वटा नयाँ पक्की पुल बन्ने

कर्णाली करिडोरको हुम्ला खण्डमा ६ वटा नयाँ पक्की पुल बन्ने
+
-

हुम्ला- कर्णाली करिडोरको सलीसल्लादेखि सिमकोटसम्मको ५० किलोमिटर दुरीमा पर्ने ६ वटा खोलामा पक्की पुल निर्माण हुने भएको छ।

खोलाहरूको फराकिलो विस्तार र वर्षायाममा पानीको बहाव अत्यधिक हुने भएकाले कल्भर्ट असक्षम ठहर गर्दै पक्की पुल निर्माण गर्न लागिएको हो।

हिल्सा-सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार पुल निर्माण सर्केगार्ड गाउँपालिका र चङ्खेली गाउँपालिकाको सिमाना सलीसल्लादेखि सिमकोट गाउँपालिका-४ को स्याम्नेसम्म गरिनेछ।

पुल बन्ने खोलाहरूमा स्याम्ने खोला (सिमकोट-४), याङ्चु खोला (खार्पुनाथ-५), चिसामुल खोला (खार्पुनाथ-१), ठेही खोला (सर्केगार्ड-६), गोठी खोला (सर्केगार्ड-४), र गिउसी खोला (सर्केगार्ड-६) रहेका छन्।

पुलहरूको लम्बाइ ५० देखि १०० मिटरको हुने अनुमान गरिएको छ। लागत ईष्टिमेट तयार भई स्वीकृतिका लागि विभागमा पठाइने र त्यसपछि निर्माण प्रक्रिया अगाडि बढ्ने जनाइएको छ।

हालसम्म हेक्पा, ताग्रु र सल्ली खोलामा पक्की पुल निर्माण सम्पन्न भइसकेको छ भने याङ्गार र खार्पुमा निर्माणाधीन छन्। सलीसल्ला र थाहा खोलामा ठेक्का लागेको भए पनि काम सुरु हुन सकेको छैन।

यस्तै, कवाडी, गल्बागार्ड, खार्पु, तुम्कोट, हिल्सा र सलीसल्लामा बेलिब्रिज निर्माण गरिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?