
मोरङ – मोरङको पथरीशनिश्चरे नगरपालिकामा जरायोको सिङसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही नगरपालिकाको वडा नम्बर २ का ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राई छन्।
प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार आइतबार बेलुका विशेष सूचनाका आधारमा उनीहरूलाई ३ जोडी सिङसहित घरबाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सबडिभिजन वन कार्यालय पथरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।