
पोखरा – ३१ औँ विश्व आदिवासी दिवस गण्डकीका जिल्लाहरुमा धूमधामले मनाइँदै छ। जिल्ला जिल्लामा बृहत र्याली र शुभकामना आदान प्रदान कार्यक्रम गरेर दिवस मनाइँदै छ।
आदिवासी, जनजातिसँग सम्बन्धित संघसंस्थाले पालिकास्तरमै विभिन्न कार्यक्रमहरु गरेका छन्। अधिकांश स्थानमा बृहत र्याली भने निकालिएको छ।
र्यालीमा आदिवासी जनजातिका कला, संस्कृति, रीतिरिवाज र पोशाक प्रदर्शनसँग अधिकारको माग गरिएको छ। जल र जमिनको संरक्षण गर्नुपर्नेमा उनीहरुको जोड छ।