
मोरङ – समाजमा हुने महिला विभेद, विद्रोह तथा हकअधिकारको विषय समेटिएको कथा संग्रह विजयिनीको विराटनगरमा विमोचन गरिएको छ। साहित्यकार तथा लेखिका दिपा दाहालको पहिलो कथा संग्रहको शनिबार विराटनगरस्थित आरोहण गुरुकुलमा विमोचन गरिएको हो।
विमोचन कार्यक्रमकी प्रमुख अतिथि कुन्ता शर्माले विजयिनी कथा संग्रह महिला विभेद र विद्रोहको अर्को नाम भएको बताइन्। २०५६ सालमा नेकपा एमालेबाट प्रतिनिधि सभासदस्य समेत भइसकेकी शर्माले महिला अधिकारका लागि समाज र आफ्नै घरभित्र गरिएको विद्रोहको संगालोको रुपमा पुस्तक रहेको प्रस्टाइन्।
पितृ सत्तात्मक समाजमा महिलाहरुले आवाज नउठाउँदासम्म आफ्नै घरभित्र समेत पीडित भएर गुम्सिनुपर्ने बाध्यता रहेको बताइन्।
कार्यक्रममा लेखिका दाहालले आफ्नो पहिलो कथा संग्रहका रुपमा विजयिनी ल्याएको बताइन्। समाजमा ब्याप्त रहेको पितृसत्तात्मक हिंसा, र त्यसबाट बाहिर निस्कन गरेका कठिन संग्रहलाई संग्रहमा समेटिएको दाहालको भनाइ छ।
कथा संग्रहमा ८ वटा कथामा महिलालाई अहम स्थान दिइएको र दुई वटा कथामा पुरुषलाई स्थान दिइएको बताउँदै उनले अहिलको जेन्जी पुस्ताका लागि पुस्तक धेरै कुरा जान्ने अवसरका रुपमा रहने बताइन्। त्यसैगरि, कार्यक्रममा उपस्थित साहित्यकार हरि कोइरालाले साहित्य क्षेत्रमा महिलाको भूमिका प्रभावकारी हुने बताए।
उनले कथा संग्रहमा कथा हद र छोरीको अनुहार ले बिषेश छाप छाड्ने उल्लेख गरे। कथाकार दाहाल ब्यवस्थापन विषयमा स्नात्तकोत्तर गरेकी कथाकार दाहालले समसामयिक विषयमा र महिलासम्बन्धी मुद्दामा राष्ट्रिय पत्रपत्रिकामा लेख रचना लेख्दै आएकी छन्।