कैलाली कारागार झडपः घाइते थप एकलाई उपचारका लागि बाहिर पठाइँदै

कैलाली कारागार झडपः घाइते थप एकलाई उपचारका लागि बाहिर पठाइँदै
+
-

धनगढी – शुक्रबार राति कैलाली कारागारमा भएकाे झडपमा घाइते भएका थप एक जना कैदीलाई उपचारका लागि बाहिर पठाउन लागिएकाे छ।

सेती प्रादेशिक अस्पतालमै उपचारमा रहेका कैदी माेहन्याल गाउँपालिका–३ कैलालीका कर्ण सलामी मगरलाई थप उपचारका लागि बाहिर पठाउन लागिएकाे जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जाेशीले बताए।

उनले कता लग्ने भन्ने यकिन नभएकाे तर धनगढीमा उपचार सम्भव नभएपछि बाहिर लग्न लागिएकाे जानकारी दिए। अहिले बाहिर लग्नका लागि कागजात बनिरहेकाे उनले बताए।

शनिबार बेलुका मात्र गम्भीर घाइते कैदी पवन भट्टलाई नेपाली सेनाकाे स्काई ट्रकबाट उपचारका लागि काठमाडौँ लगिएकाे थियाे।

शुक्रबार राति कैलाली कारागारमा कैदीबीच भएकाे झडपमा एक जनाकाे मृत्यु भएकाे थियाे भने ४७ जना घाइते भएका थिए। घाइतेमध्ये ४५ जनाकाे सेती प्रादेशिक अस्पतालमा अलग्गै भवनमा राखेर उपचार भइरहेकाे सूचना अधिकारी जाेशीले जानकारी दिए।

कारागारमा रहेका कैदीकाे संख्या यकिन गरिँदै


कैलाली कारागारमा रहेका कैदीबन्दीको संख्या यकिन गर्न थालिएको छ। शनिबार कारागारको जिम्मेवारी सम्हालेका जेलर जालन्धर भुसालले संख्या यकिन गर्न प्रत्येक कैदीलाई बोलाएर संख्या गणना गर्न थालेका हुन्।

कारागार स्रोतका अनुसार अहिले धमाधम कैदीबन्दीको गणना भइरहेको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार प्रत्येकको अनुहार हेर्दै जेलरको नेतृत्वमा कैदीबन्दीको गणना भइरहेको हो।

घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनलाई कैदीकाे वास्तविक अवस्था जानकारी छैन। सो क्रममा आइतबार दिउँसो २ बजेपछि कैदीबन्दीको संख्या यकिन गर्नका लागि प्रशासन सक्रिय भएको हो।

कैदीबन्दीका आफन्तहरू कारागार परिसरमा पुगेर आफ्ना मान्छेका बारेमा सोधखोज गरिरहेका छन्। कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरीसमेत भित्र जान पाएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?