
धनगढी – तीन दिन देखि दुई समूहबीचको झडपका कारण तनावग्रस्त बनेको कैलालीगार कैदीबन्दीको संख्या पुनः गणना गरी यकिन गरिएको छ।
मानव अधिकार आयोगको रोहोवरमा कारागार प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थितिमा थुनुवा कक्षमा प्रवेश गरी कैदीबन्दीको संख्या गणना गरिएको हो।
आइतबार मानव अधिकार आयोग धनगढी कार्यालयको रोहवरमा हतियारसहित सुरक्षाकर्मी प्रवेश गरेर कैदीको संख्या गणना गरिएको हो।
गणनाअनुसार पुरुष राखिएको ब्लक ए मा ३९६ जना, ब्लक बी मा १९८, महिला ब्लकमा ५७ जना रहेका छन्।
झडपमा घाइते भएकाहरूको संख्या ४८ रहेको कारागार प्रशासनले जनाएको छ। प्रशासनका अनुसार शनिबार एक जनाको मृत्यु भएको समेत गरी कारागारमा ७०० जना कैदीबन्दी रहेका थिए।