
इराकको राजधानी बग्दादको पूर्वी क्षेत्र उरमा बुधबार बिहान एक निजी घरमा भयावह आगलागी हुँदा एकै परिवारका सात जना सदस्यको भएको छ।
नागरिक सुरक्षा विभागका प्रवक्ता अला मोहम्मदले जानकारी दिँदै भने,“हामीले तत्काल उद्धार टोली परिचालन गरेका थियौं, तर आगो यति छिटो फैलियो कि पीडितहरूलाई बचाउन सकिएन ।” यद्यपि, आगो नियन्त्रणमा ल्याएर वरपरका अन्य घरमा फैलिनबाट जोगाइएको उनले बताए।
आगलागीको कारण पत्ता लगाउनका लागि आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ। इराकमा पछिल्लो समय गर्मीको तीव्र लहरका कारण यस्ता घटनाहरू दोहोरिइरहेका छन्। देशका विभिन्न भागमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि आगलागीका घटना बढेका छन् ।
यसअघि, साउन पहिलो साता इराकको वासित प्रान्तको राजधानी कुतस्थित एक ठूलो सुपरमार्केटमा भएको आगलागीमा कम्तीमा ६१ जनाको मृत्यु भएको थियो । त्यसको केही दिनपछि बग्दादकै पूर्वी क्षेत्रमा भएको अर्को घरमा आगलागी हुँदा चार जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका थिए।