रविलाई राखेको कोठाबाट प्लाइउड हटाएर जाली राख्यौँ: रुपन्देही कारागार

रविलाई राखेको कोठाबाट प्लाइउड हटाएर जाली राख्यौँ: रुपन्देही कारागार
+
-

रुपन्देही- जिल्ला कारागार कार्यालय रुपन्देहीले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुरक्षाकाका कारण छुट्टै बन्दीगृहमा राखिएको स्पष्ट पारेको छ । उनको कोठाबाहिर झ्यालमा टाँसिएको प्लाइउड उक्काएर जाली राखिएको पनि कारागारले जानकारी दिएको छ।

कारागार कार्यालयका अनुसार सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनुवा रहेका लामिछानेलाई प्रारम्भदेखि नै छुट्टै कोठा उपलब्ध गराइएको छ । उक्त कोठामा छुट्टै शौचालयको व्यवस्था छ ।

साथै प्रारम्भदेखि नै टेलिफोन र भेटघाटको सुविधा निरन्तर उपलब्ध रहँदै आएको कार्यालयले जनाएको छ ।

कारागार प्रशासक सुरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा बिरामी बन्दीहरूको स्वास्थ्य उपचारका लागि स्थानीय अस्पताल वा चिकित्सकको सिफारिसमा आवश्यक स्थानान्तरणको व्यवस्था पनि गरिएको उल्लेख छ।

कारागार कार्यालयले सबै बन्दीबीच मेलमिलाप कायम राख्दै शान्ति, सुरक्षा र मानव अधिकारमैत्री वातावरण सृजना गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।

२५० जनाको क्षमता भएको रुपन्देही कारागारमा हाल ६४० जना बन्दी रहेका छन् । क्षमताभन्दा धेरै बन्दी भए पनि उपलब्ध स्रोत साधनको प्रभावकारी प्रयोग गर्दै कानुन बमोजिमका सेवा सुविधा उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

कारागार ऐन २०७९ र कारागार नियमावली बमोजिम अशक्त, अपाङ्ग, जेष्ठ नागरिक र सुरक्षा जोखिममा रहेका बन्दीलाई थप सुविधा दिइने गरिएको छ । तर, कानुन बमोजिमका सकारात्मक विभेद बाहेक अन्य कुनै विभेद नगरिएको स्पष्ट गरिएको छ ।

कारागार प्रशासनले समय समयमा कारागारको अवस्थाको अवलोकन गर्ने, बन्दीहरूको गुनासो सुन्ने र स्रोतसाधनको उपलब्धता अनुसार सम्बोधन गर्दै आएको जनाएको छ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?