पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेका छन्ः अध्यक्ष दाहाल

पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेका छन्ः अध्यक्ष दाहाल
+
-

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेको बताएका छन् ।

भक्तपुरमा शुक्रबार आयोजित चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू देशका विभिन्न स्थानहरुमा जाँदा अहिले धेरै ठाउँमा युवाहरु र नागरिक पनि आफ्नै देशमा रोजगारी सिर्जन गर्ने अभियानतर्फ लागेको पाएको बताए । उनले उनीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए ।

विदेश जाने मनोवृत्तिलाई विस्तारै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । देशभित्रै सम्भावना र सम्भव रहेको पनि बताए । आफ्नो देश, इतिहास, विकास, प्रक्रिया र संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको ठूलो चुनौति रहेको बताए । गौरवशाली इतिहास र प्रकृतिबाट नै आफ्नै विकासको मौलिक मोडेल आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिने बताए ।

अध्यक्ष दाहालले भने,’अहिले देशका विभिन्न भागमा जाँदा धेरै ठाउँमा आज भोलि युवाहरु र जनताको पनि नागरिकको एउटा ठूलो हिस्सा विस्तारै विस्तारै आफ्नै देशमा रोजगारी श्रृष्टि गर्नेतर्फ विभिन्न रुपले गतिविधि अघि बढाउन पहल गर्नुभएको छ । त्यसलाई हामी सबैले प्रोत्साहित गर्नुपर्नेछ । विदेश जाने मनोवृत्तिलाई विस्तारै परिवर्तन गर्नुपर्छ । देशभित्रै सम्भव छ, देशभित्रै सम्भावना छ । हामी कहाँ प्रचुर प्रकृति र इतिहासले, संस्कृति र जाति, भाषाले धेरै चिज हामीलाई दिएको छ । संसारको अरु देशमा त्यो भेटिँदैन । आफ्नो देश, इतिहास, विकास र प्रक्रियाप्रति, हाम्रो संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको ठूलो चुनौतिपूर्ण आवश्यकता भएको ठानेको छु । हामीले सकारात्मक सोच राख्नुपर्छ । रचनात्मक ढंगले कामहरु अघि बढाउनुपर्छ । हाम्रो गौरवशाली इतिहास र प्रकृतिबाट हामीले आफ्नै विकासको मौलिक मोडेल आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रिया भनेकै यही नै हो ।’

अध्यक्ष दाहालले पर्यटन विकासको निम्ति के गर्न सकिन्छ भन्नेकुरा योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए । आफ्नो पालिकाको वस्तुस्थिति बुझेर पालिकाहरुले आफ्नो पालिकामा कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने योजना बनाउन जरुरी रहेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?