भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुरका किसानलाई कोदो रोप्न चटारो
+
-

भोजपुर – भोजपुरका किसान कोदो रोप्नमा व्यस्त भएका छन्। यसअघि मकै लगाएको बारीमा दोस्रो बालीका रुपमा यहाँका किसानले कोदो रोप्ने गर्दछन्।

कोदो भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सिका, दावासँगै जिल्लाका नौवटै स्थानीय तहमा खेती हुने गरेको छ।

यस वर्ष समयमा वर्षात् नहुँदा खडेरीका कारण बेँसी क्षेत्रमा कोदो रोप्न केही ढिला भएको किसानले बताएका छन्। वर्षात् भएपछि किसान कोदोखेतीमा जुटेका हुन्।

कोदो स्थानीय बजारमा प्रतिकिलो रु ५० देखि रु ६० का दरले बिक्री हुने गरेको छ। रैथाने बालीका रुपमा रहेको कोदोबाली प्रवर्द्धनका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने स्थानीय कृषक रामबहादुर खत्रीले बताए।

‘व्यावसायिक रुपमा कोदोखेती गर्ने चलन त छैन,’ उनले भने, ‘आफूले खानका लागि खेती गर्दै आएका छौँ, गाउँघरमा अहिले कोदोखेतीको चटारो छ, राज्यले कोदोखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ।’

कोदोबाट रोटी, ढिँडो, केक, पेय पदार्थका साथै विभिन्न मिष्ठान्न परिकार बनाउन प्रयोग गरिन्छ। गत वर्ष पाँच हजार २७० हेक्टर क्षेत्रफलमा खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यस वर्ष पनि सोही हारहारीमा खेती हुने आँकलन रहेको केन्द्रको भनाइ छ।

श्रमका आधारमा उत्पादन कम हुने भएकाले यसतर्फ कृषकको आकर्षण घट्दै गएको स्थानीय किसानले बताउने गरेका छन्। कोदाको मूल्य स्थिर नहुँदा भने बेचबिखनमा समस्या हुने गरेको किसानको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?