
मोरङ – विराटनगरमा सुरु भएको १४ वर्षमुनीको बीकेभिएम बोर्डिङस्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा ग्रेडेड बोर्डिङ स्कुल र मोर्डन एराले विजयी सुरुवात गरेका छन्। विराटनगरको पिचरास्थित बीकेभिएमको खेल मैदानमा शुक्रबारबाट सुरु भएको खेलमा ग्रेडेडले अरनिको बोर्डिङ स्कुललाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। निर्धारित ५० मिनेटको खेलको सुरुवाती २२ औं मिनेटमा अरनिकोले गोल गर्दै अग्रता लिएको थियो।
अरनिकोका लागि सकलजंग कार्कीले गोल गरेका थिए। पहिलो हाफमा एक शून्यले पछि परेको ग्रेडेडले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो। खेलको ३५ औं मिनेटमा ग्रेडेडका श्रीजनराज श्रेष्ठले गोल गर्दै टोलीलाई समान एक गोलको अवस्थामा पुराएका थिए।
त्यसपछि पेनाल्टीतर्फ धकेलिएको खेलमा ग्रेडेडले ५–३ गोल अन्तरले अरनिकोलाई पराजित गरेको हो। त्यसैगरि, दोस्रो खेलमा मोर्डन एरासंग एभरेष्ट बोर्डिङ स्कुल पाच शून्यले पराजित भएको छ।
मैदानमा निरीह देखिएको एभरेष्टलाई मोर्डन एराले खेलको सुरुवातबाटै दबावमा राखेको थियो। खेलको १० औ मिनेटमा मोर्डन एराका लागि प्रिन्स मगरले सुरुवाती गोल गरेका थिए।
त्यसको चार मिनेट नवित्र्तै १४ औं मिनेटमा रोशिक राईले एराका लागि दोस्रो गोल गरे। पहिलो हाफमा दुई शून्यको अग्रता बनाएको एराले खेलको दोस्रो हाफमा थप तीन गोल गरेका थियो। खेलको ३० औं मिनेटमा सुशान्त रोइला, ४१ औ मिनेटमा रोशिक राई र खेलको ४६ औं मिनेटमा क्षितिज घिमिरेले एराका लागि छैटो तथा अन्तिम गोल गरेका थिए।
दुई गोल गरेका राई प्लेयर अफ दि म्याच भए। यससंगै जित हात पारेको ग्रेडेड र एरा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकाछन्। यसअघि, विद्यालयलाई जिल्ला हक्की संघ मोरङले हक्कीका सामाग्री हस्तान्तरण गरेको थियो।