पेस्तोलसहित दुई किशोर पक्राउ

पेस्तोलसहित दुई किशोर पक्राउ
+
-

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का १९ वर्षका दुई किशोर समिर ढपाली र राजन सोनखर पेस्तोल र गोलीसहित पक्राउ परेका छन्।

राति १ बजे बसपार्क आसपासमा रिक्सामा रहेका दुई जनालाई प्रहरीले शंका लागेर जाँच गर्दा कटुवा पेस्तोल र त्यसको दुई गोली बरामद गरेको थियो।

१९ वर्षका किशोर खुलेयाम पेस्तोल र गोली बोकेर किन हिँडेका थिए? बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले यो प्रश्नको जवाफ अनुसन्धानपछि दिन सकिने बताए। प्रहरीले उनीहरु लागुऔषध प्रयोगकर्ता हुनसक्ने आशंका गरेको छ।

खुल्ला सीमा र सीमावर्ती शहर भएकाले नेपालगन्जमा भारतबाट साना हतियार र लागुऔषध ब्राउनसुगर भित्रिने कुरा यहाँको सुरक्षा चुनौती हो।

प्रहरीले पछिल्लो हप्तामात्रै छुट्टाछुट्टै घटनामा तीन सय ग्रामबढी ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ। भारतबाट एक सय ९ ग्राम ३ सय ५० मिलिग्राम ब्राउनसुगर बोकेर आएका भारत रुपैडिहाका कार्तिक कुम्हारलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको थियो।

बसपार्कबाट ३० गते समातिएको यो घटनामा भारत रुपैडिहाकै अजय कुम्हार पनि पक्राउ परेका थिए।

प्रहरीले साउन २७ गते नेपालगन्ज–१४ का रमेश लोनियालाई १५ ग्राम ५ सय मिलिग्राम, २९ गते नेपालगन्ज–३, एकलैनीबाट दाङका वीरबहादुर विकलाई ४७ ग्राम ७ सय १० मिलिग्राम, ३० गते नेपालगन्ज–४, बसपार्कबाट नेपालगन्ज–५ का फैजान अन्सारी र मो. अफाक साहलाई ५० ग्राम २ सय ४० ग्राम, ३० गते नै नेपालगन्ज–११, त्रिभुवनचोकबाट रसुल अहमद कवाडियालाई ९८ ग्राम ८ सय ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?