
अ
+
अ
अ
-
काठमाडौं-डा.गोविन्द केसीलाई निर्धारित समयभन्दा अघि नै बन्दीजसरी सर्वोच्च अदालत पुर्याइए पनि उनी पक्षमा एक वकिलबाहेक कसैलाई सर्वोच्च अदालत प्रवेश गर्न दिइएको छैन।
डाक्टर केसीका एकमात्र वकिल सुरेन्द्र भण्डारीमात्र सर्वोच्चको बहसमा पुगेका छन्। अदालतमा सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ भने कर्मचारीबाहेक कसैलाई प्रवेश दिइएको छैन।
डा. केसीका अर्का वकिल ओमप्रकाश अर्याल भने भारतबाट फर्केर केही बेरमा अदालत पुग्ने केसी पक्षका चिकित्सकले जानकारी दिएका छन्।
डा.केसीलाई एम्बुलेन्समा राखेर सिंहदरबार प्रहरी वृत्तबाट निर्धारित समयभन्दा अघि नै ८:४० मा अदालत पुर्याइएको थियो।
यो पनि हेर्नुहोस्: