धर्म र संस्कृतिको संरक्षण सबैको साझा जिम्मेवारी : मुख्यमन्त्री आचार्य

धर्म र संस्कृतिको संरक्षण सबैको साझा जिम्मेवारी : मुख्यमन्त्री आचार्य
+
-

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धर्म र संस्कृतिमा विचलन आए विकृति र विसंगति भित्रिने भएकाले यसप्रकारका प्रवृत्तिको अन्त्य सबैको साझा जिम्मेवारी रहेको बताएका छन्।

हरितालिका तीज पर्वको पूर्वसन्ध्यामा बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) ले आयोजना गरेको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पुर्खाले जसरी पर्वहरु मनाउँदै आएका थिए, त्यसैगरी वर्तमान समयमा पनि अगाडि बढाउनुपर्ने धारणा राखेका हुन्।

‘धर्म र संस्कृतिले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। व्यक्तिलाई अनुशासनमा राख्न पनि यसको विशेष योगदान छ। धर्म र संस्कृतिमा विचलन आए विकृति र विसंगति भित्रन्छ। त्यसैले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी हो,’ उनले भने।

अहिले तीजलाई विभिन्न नाममा विकृत बनाउने काम भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्तो प्रवृत्ति संस्कृतिमाथि धावा बोल्ने कार्य भएको टिप्पणी गरे।

कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारीले चाडपर्वले सामाजिक मूल्य(मान्यतालाई जीवन्त राख्न मद्दत गर्ने भएकाले संस्कृतिको वास्तविक मर्म जोगाउनु जरुरी रहेको धारणा राखे।

प्रदेश सचिव ईश्वरराज पौडेलले राज्यको समावेशी नीतिका कारण निजामती सेवामा महिला कर्मचारीहरुको उल्लेख्य सहभागिता बढेको बताए। स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले तीजलाई ऊर्जाशील पर्वको रुपमा लिने गरिएको उल्लेख गर्दै भनिन्, ‘यस पर्वले मानसिक स्वास्थ्यलाई टेवा पुर्‍याउँछ। तीजले ऊर्जाशील विचार ल्याउँछ। सांस्कृतिक र सामाजिक क्रियाकलापले पुस्तान्तरणमा सहयोग गर्छ। आत्मीय भावनाको विकास गराउँछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?