सिमकोटमा कुकुरको टोकाइबाट घाइते हुने बढे, एक हप्तामै सात जना अस्पतालमा

सिमकोटमा कुकुरको टोकाइबाट घाइते हुने बढे, एक हप्तामै सात जना अस्पतालमा
+
-

हुम्ला- हुम्लाको सदरमुकाम सिमकोट र आसपासका गाउँमा पछिल्लो एक हप्तामा कुकुरको टोकाइबाट घाइते हुने बिरामीको सङ्ख्या बढेको छ।

छाडा छोडिएका कुकुरले टोक्दा यस अवधिमा सात जना उपचारका लागि जिल्ला अस्पताल पुगेका छन्।

अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराका अनुसार, एक हप्ताभित्र बालबालिकादेखि वृद्धसम्म गरी सात जना कुकुरको टोकाइबाट घाइते भई उपचारका लागि आएका छन्।

बिहान र रातिको समयमा छाडा कुकुरले टोक्दा घाइते हुनेको सङ्ख्या बढेको उनले बताइन्। अस्पतालमा घाइतेहरूको उपचारका साथै रेबिजविरुद्धको सुई पनि लगाइने गरिएको छ।

कुकुरको टोकाइबाट सिमकोट गाउँपालिका-५ र ६ को तल्लो गाउँ, माथिल्लो गाउँ र बजार क्षेत्रबाट बिरामीहरू अस्पताल पुगेका छन्।

मंगलबार मात्रै तल्लो गाउँका एक बालकलाई कुकुरले टोकेपछि अस्पताल लगिएको थियो। हाल घाइतेहरूका लागि आवश्यक औषधि उपलब्ध रहेको अस्पतालले जनाएको छ। सिमकोट गाउँपालिकाको वडा नं. २, ३, ४, ७ र ८ बाट पनि कुकुरले टोकेका बिरामीहरू अस्पताल आउने गरेका छन्।

यसअघि महिनामा तीन-चार जना बिरामी आउने गरे पनि पछिल्लो समय यो सङ्ख्यामा वृद्धि भएको हो। स्थानीय बख रोकायाले सदरमुकामको कालीचोक, बालमन्दिर, काठेचुली, तल्लो बजार र छात्रावास चोकमा छाडा कुकुर नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्।

बाटोमा हिँड्ने मानिसलाई छाडा कुकुरले टोक्ने गरेका कारण हिँडडुलमा पनि समस्या भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?