विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन (तस्बिरहरू)

विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन (तस्बिरहरू)
+
-

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।

पूर्वराष्ट्रपति भण्डारीले बिहीबार थापागाउँस्थिति आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी हुन्। मदन भण्डरीको ७५ औँ जन्मजयन्ती मनाउन खोलिएको कार्यालयबाटै भण्डारीले राजनीतिक भेटघाट गर्ने स्रोतले जानकारी दिएको छ।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवाली सहभागी भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीको कार्यक्रममा कार्यक्रममा नजान एमालेका नेता कार्यकर्तालाई निर्देशन दिएको भए पनि वरिष्ठ उपाध्यक्ष पोखरेल र उपाध्यक्ष ज्ञवाली पूर्वउपराष्ट्रपति भण्डारीलाई साथ दिन पुगेका हुन्। यस्तै, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि कार्यक्रममा पुगेका छन्।

२०४८ सालमा मदन र २०५१ मा विद्याले चुनाव प्रचारप्रसार गर्न उक्त घरमा सम्पर्क कार्यालय खोलेका थिए। अहिले विद्याले त्यही घरमा आफ्नो सम्पर्क कार्यालय बनाएकी हुन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई बिहीबारको कार्यक्रमको निम्ता दिन खोजिए पनि भेट नदिएका कारण निम्ता दिन सम्भव नभएको बुझिएको छ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?