‘किसानको तरकारीको बजार मूल्य तोकिदेऊ, विदेशको तरकारी उतै रोकिदेऊ’

‘किसानको तरकारीको बजार मूल्य तोकिदेऊ, विदेशको तरकारी उतै रोकिदेऊ’
+
-

‘स्थानीय, प्रदेश अनि संघको पनि ध्यान जाओस्
नबिकेर फाल्नुपर्ने दिन नआओस्
किसानको तरकारीको बजार मूल्य तोकिदेउ
विदेशको तरकाीलाई उतै रोकिदेउ…’

गोरखाको ज्यामिरेघाट कृषक समूहमा आबद्ध किसानले तरकारी बजार मूल्य नपाएको गुनासो गर्दै तीजको गीत गाए। उनीहरुले युवा विदेशिँदा धान फल्ने खेतमा सिरुपाते झ्याँगिएको वर्तमान नेपाली ग्रामीण परिवेश सुनाए। ‘आधुनिक स्रोतसाधन खेती गर्न चाहिन्छ, माटो जाँच्दा उत्पादन बढी पाइन्छ’, उनीहरुको भनाइ थियो ।

बिहीबार पोखरामा कृषि क्षेत्रका सम्भावना, चुनौती र अवसरहरुको तीजे भाकामार्फत चर्चा भयो । तीन तहका सरकारसँगै सरोकारवालाले के गर्न आवश्यक छ ? गीतैमार्फत सुझाए । जलवायु परिवर्तनको असरका कारण किसानले खेपेका मारदेखि सस्तो ब्याजदरमा ऋण मिलाइदिनुपर्ने माग राखे ।

पब्लिक फोरके टेलिभिजनको आयोजना एवम प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरामा भएको प्रदेशस्तरीय कृषि तिज गीत प्रतियोगितामा सहभागी कलाकारले गीत र नृत्यमार्फत रासायनिक मलको सट्टा प्रांगरिक मलको प्रयोग गर्नुपर्ने जनचेतना फैलाए ।

गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठसँगै भूमि व्यवस्था मन्त्रलायका सचिवलाई बासुदेव रेग्मीलाई सामुन्ने राखेर अनुदानमा काखापाखा नगर्न अनुरोध गरे ।

कृषि उत्पादन बढाउन हिमाल, पहाड र तराईको भौगलिक विविधताअनुसार सिंचाइँको व्यवस्था गर्नुपर्ने माग गीतैमार्फत राखे। कास्कीको पोखरा महानगरपालिका- २५ हेम्जाको कामधेनु कृषक समूहले चाखलाग्दो भाका हालेर सुनाए ।

‘भूगोल फरकफरक, हिमाल पहाड तराई
हुनुपर्छ साना ठूला सिंचाइ’

‘बजारमुखी बाली र बेमौसमी खेती, परिश्रम गरेर यही सुन हिरामोती’, कामधेनु समूहले गाउँदा पोखरा उद्योग वाणिज्य संघको प्रेक्षालयको माहोल तात्यो। देशकै माटोमा श्रम र पसिना सिंञ्चित गर्न कलाकारले उपस्थित दर्शकलाई हौस्याए। गाउँका जमिन बाँझो, बाँदर र सिंचाइको समस्या, विचौलिया मोटाएको कारण किसान निरुत्साहित भएको गीतैमार्फत सुनाइएको छ।

भूमि व्यवस्था मन्त्रलायका सचिवलाई बासुदेव रेग्मीले गीतमा व्यक्त गरिएको किसानको पीडा व्यथा मनन गरिरहेको बताए । कृषि मन्त्रालयलले चालु आर्थिक वर्षमा निकै कम बजेट पाएपनि किसानका माग सम्बोधन हुने गरेर कार्यक्रम बनाएको उनको भनाइ थियो । ‘थुप्रै नयाँ नयाँ कार्यक्रमहरु ल्याइएको छ । अनुदानभन्दा प्रोत्साहनका कार्यक्रम राखेका छौं’, रेग्मीले भने ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले किसानका सुझावलाई मनन गर्दै काम गर्ने विश्वास दिलाइन्। ‘आत्मनिर्भर प्रदेश बनाउने हाम्रो लक्ष्यलाई पूरा गर्ने आधार कृषि हो । कृषिलाई पर्यटनसँग जोड्न सक्दा देश प्रदेश समृद्ध बन्छ’, उनको भनाइ थियो । कुन जिल्लामा कुन उत्पादनलाई बढावा दिन सकिन्छ भनेर काम गरिरहेको मन्त्री जिसीले बताइन् ।

गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र लमजुङबाहेक ८ जिल्लाका कृषक समूह प्रतियोगितामा सहभागी थिए । प्रतियोगिताको उपाधि गोरखाको ज्यामिरेघाट कृषक समूहले उचाल्यो । उपाधिसँगै गोरखाको कृषक समूहले ५५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र हात पारेको छ ।

कास्कीको कामधेनु कृषक समूहले दोस्रो स्थान हासिल गरे । दोस्रो स्थान हासिल गरेको कास्कीले ३३ हजार ३३३ रुपैयाँ हात पारेको हो । पर्वतको पर्वत कृषक समूहले तेस्रो स्थान हासिल गरेको छ । प्रगतिशिल आइपिएम कृषक पाठशाला बाग्लुङ र शिवशक्ति मन्दिर कृष कृषक समूह स्याङजाले चौंथो स्थान हासिल गरे ।

तेस्रो र चौंथो हुनेले क्रमशः २२ हजार २२२ रुपैयाँ र चौंथोले ११ हजार १११ रुपैयाँको साथमा प्रमाणपत्र हात पारे ।

तिज गीत प्रतियोगिताको अवसर पारेर पोखरा महानगरपालिका—१६ का गन्धर्व आमा समूहलाई मौलिक तीज गीत संरक्षणमा योगदान दिएको भन्दै नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । उनीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नगदसहित सम्मानपत्र हस्तान्तरण प्रदान गरे ।

चर्चित लोकदोहोरी गायक राजु परियार, प्रजापती पराजुली, शुशिला गौतम, राजन कार्की, सरला पाण्डेको प्रस्तुतीमा दर्शक छमछमी नाचे, झुमे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?