प्रशासनको निर्णयको अवज्ञा गर्दै जानकी मन्दिरको प्राङ्गणमा जेसीआईको कार्यक्रम

प्रशासनको निर्णयको अवज्ञा गर्दै जानकी मन्दिरको प्राङ्गणमा जेसीआईको कार्यक्रम
+
-

जनकपुरधाम – जनकपुरधाममा स्थानीय प्रशासनको निर्णयको अवज्ञा गर्दै जेसीआईले आफ्नो कार्यक्रम गरेको छ। डेढ वर्षअघि जानकी मन्दिरको प्राङ्गणमा मन्दिरका बाहेक अन्य सबै कार्यक्रममा रोक लगाउने निर्णय गरिएको थियो। तर, उक्त निर्णयको अवज्ञा गर्दै कार्यक्रम गरिएको हो।

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय सम्मेलनका लागि जानकी मन्दिरको प्राङ्गणमा भिजन सेरोमनीको अनावरण गरिएको हो।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह प्रमुख अतिथि रहेकोमा उनी मलेसिया भ्रमणमा गएपछि भिडियो सन्देश पठाएका थिए। उक्त अनावरण कार्यक्रममा वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादव सहभागी हुँदै डिसेम्बर १९ देखि २२ सम्म हुने सम्मेलनको लोगोलगायतका अनावरण गरे।

मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले कार्यक्रमको अनुमति कसले दिएको भन्नेबारेमा आफूलाई जानकारी नरहेको बताए।

रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसका सहप्राध्यापक श्यामसुन्दर शशीले यस्तै अवस्था रहे मन्दिर ओझेलमा पर्ने बताए। उनले भने, ‘भारतको पुनौराधाममै मन्दिर बनिरहेको छ। जानकी मन्दिरको यस्तै अवस्था रहे यो ओझेलमा पर्छ।’

विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा विभिन्न कार्यक्रम आयोजना हुन थालेपछि त्यस्ता कार्यक्रममा रोक लगाउने निर्णय भएको थियो।

२०७९ फागुन १८ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी काशीराज दहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जानकी मन्दिर परिसरमा मन्दिरको आयोजनामा हुने धार्मिक तथा साँस्कृतिक कार्यक्रमबाहेक अन्य कुनै कार्यक्रम गर्न निषेध गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?