नेपाल आइपुगिन् भियतनामका उपराष्ट्रपति सुआन (तस्बिरहरू)

नेपाल आइपुगिन् भियतनामका उपराष्ट्रपति सुआन (तस्बिरहरू)
+
-

काठमाडौँ– भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपाल आइपुगेकी छन्। आज (शनिबार) दिउँसो करिब १२:३० बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन्।

उपराष्ट्रपति सुआनलाई विमानस्थलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका थिए।
त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थियो। उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण पनि गरिन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन तीनदिने (भदौ ७ देखि ९ गतेसम्म) नेपाल भ्रमणमा आएकी हुन्।

विमानस्थलबाट उनी सिधै होटल सोल्टीमा जानेछिन्। आजै पराष्ट्रमन्त्री डा. देउवासँग सुआनको भेटवार्ता हुने कार्यतालिका छ।

उनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

सुआनको नेपाल भ्रमण भियतनामको तर्फबाट यो नै पहिलो उच्चस्तरीय भ्रमण हो।

उनी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?