माेतीराम भट्टकाे जन्मजयन्तीका अवसरमा विराटनगरमा साहित्यिक कार्यक्रम

माेतीराम भट्टकाे जन्मजयन्तीका अवसरमा विराटनगरमा साहित्यिक कार्यक्रम
+
-

मोरङ – युवाकवि मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा छन्दवाटिका नेपाल, विराटनगरले शनिबार एक विशेष साहित्यिक कार्यक्रम आयोजना गरेको छ।

‘मोती जयन्ती विशेष’ नाम दिइएको कार्यक्रममा भट्टको साहित्यिक कृतित्व, व्यक्तित्व र नेपाली साहित्यमा पु¥याएको योगदानको स्मरण तथा सम्मान गरिएको थियो। शनिबार आयोजित कार्यक्रममा प्राज्ञ खेम नेपाली, प्रा. कविराज न्यौपाने र केशु विरहीलगायतले भट्टको जीवनवृत्त र साहित्यिक योगदानबारे चर्चा गरेका थिए।

वक्ताहरूले मोतीराम भट्टले नेपाली साहित्यमा पुर्‍याएको योगदान अमूल्य रहेको उल्लेख गर्दै नयाँ पुस्ताका स्रष्टाहरूले त्यसबाट प्रेरणा लिनुपर्ने धारणा राखेका थिए।

परिचर्चा सत्रपछि आयोजित रचना वाचन कार्यक्रममा तीन दर्जनभन्दा बढी साहित्यकारले भट्टलाई समर्पित कविता, गजल र मुक्तक वाचन गरेका थिए।

मोरङ र सुनसरीका विभिन्न ठाउँबाट साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलले सभापतित्व गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रा. कविराज न्यौपाने उपस्थित थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?