
काठमाडौँ- नेपालको औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति श्रीमती भो थी आन जुआनले ललितपुरस्थित पाटन दरबार क्षेत्रको अवलोकन गरेकी छन्।
सोमबार अपराह्न पाटन क्षेत्रको अवलोकन गर्नुअघि उनी बौद्धनाथ पुगेकी थिइन्।
यसअघि उनको स्वयम्भूनाथ जाने कार्यतालिका भए पनि उनी त्यहाँ नगएर बौद्धनाथ गएकी थिइन्।
उनी नेपालको औपचारिक भ्रमण सम्पन्न गरी सोमबार राति भियतनाम फर्किने कार्यक्रम छ।्
तस्बिरहरू: