हरितालिका तीज: यस वर्ष पशुपतिनाथमा नयाँ व्यवस्था, दर्शनार्थीको सामान्य लाइन (तस्बिरहरू)

हरितालिका तीज: यस वर्ष पशुपतिनाथमा नयाँ व्यवस्था, दर्शनार्थीको सामान्य लाइन (तस्बिरहरू)
+
-

काठमाडौँ- आज देशभर हिन्दू नारीहरूले हरितालिका तीज पर्व मनाइरहेका छन् । विशेष गरी विवाहित महिलाले आफ्नो श्रीमानको लामो आयुको कामना गर्दै र अविवाहित महिलाले राम्रो वर पाऊँ भनी व्रत बस्ने चलन रहेको यस पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ।

पशुपतिनाथ मन्दिर परिसरमा हरेक वर्ष तीजको दिन अत्यधिक भीड हुने भए तापनि यस वर्ष भने विगतका वर्षहरूमा जस्तो लामो लाइन देखिएको छैन। यसपालि व्यवस्थापन पक्षले केही नयाँ उपायहरू अपनाएका कारण सहज रूपमा दर्शन गर्न सकिएको भक्तजनहरूले बताएका छन् ।

यस वर्ष पशुपतिमा पहिलो पटक मुख्य गेटमा कृत्रिम वाटर ड्रपलेट राखिएको छ । यसले गर्दा लामो समय लाइनमा बस्ने भक्तजनहरूलाई गर्मीबाट राहत मिलेको छ । मन्दिरको प्रवेश द्वारदेखि नै सहज र व्यवस्थित तरिकाले दर्शनको लागि लाइन मिलाइएको छ।

तीजको अवसरमा काठमाडौँ उपत्यकाका अन्य शिवालयहरूमा पनि भक्तजनहरूको उपस्थिति उल्लेख्य रहेको छ । सुरक्षा व्यवस्था चुस्त बनाइएको र स्वयंसेवकहरू परिचालन गरी भक्तजनलाई सहयोग गरिएको देखिन्छ।

तस्बिरहरूः 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?