स्वास्थ्य बिमा कार्यक्रम संघले मात्र थेग्न सकेन, प्रदेश र स्थानीय सरकारको साथ चाहियो: मन्त्री पौडेल

स्वास्थ्य बिमा कार्यक्रम संघले मात्र थेग्न सकेन, प्रदेश र स्थानीय सरकारको साथ चाहियो: मन्त्री पौडेल
+
-

पोखरा– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई संघ सरकारले मात्र थेग्न नसकेको भन्दै प्रदेश र स्थानीय सरकारको साथ खोजेका छन्।

मंगलबार तनहुँको बेलचौतारास्थित विपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय मेडिकल अभिलेख प्रणालीको शुभारम्भ गर्दै मन्त्री पौडेलले बजेट अभावमा अस्पताललाई बिमा बापतको रकम भुक्तानी गर्न नसकिएको जानकारी गराए।

उनले स्वास्थ्य बिमा कार्यक्रमलाई सफल पार्न प्रदेश र स्थानीय सरकारले पनि लगानी गर्नुपर्ने बताए। ‘सबै पालिकाले, प्रदेशले बिमाको प्रस्तावित कार्यक्रमलाई समर्थन गरिदिनुस्। समर्थन गरिदिनुभो भने बिमाले एकैपटक एक खर्ब आम्दानी गर्न सक्छ’, उनले भने।

स्वास्थ्य बिमाका लागि २९ अर्ब रुपैयाँ खर्च हुने भएपनि चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयले १० अर्ब मात्रै विनियोजन गरेको उनले बताए।

जनप्रतिनिधि र कर्मचारीको तलबको एक प्रतिशत रकम बिमा बोर्डमा जाने र सरकारले त्यति नै रकम थपिदिने व्यवस्था गर्नुपर्ने उनको तर्क छ।
‘तलबको एक प्रतिशत झिक्दा कसैलाई केही फरक पर्छ ? अरुका लागि होइन आफ्नै लागि हो’, मन्त्री पौडेलले भने।

उनले आफूले गरेको प्रस्तावमा आमसमर्थन नभएको भन्दै गुनासोसमेत व्यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?