जिपी अस्पतालमा अब बिरामीले फाइल बोक्नुपर्ने छैन

जिपी अस्पतालमा अब बिरामीले फाइल बोक्नुपर्ने छैन
+
-

पोखरा – जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अब बिरामीले प्रत्येक परीक्षणको फाइल बोकेर हिँड्ने बाध्यताको अन्त्य भएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणालीको सुरुवात भएको हो।

विश्व स्वास्थ्य संगठनको सहयोगमा सञ्चालनमा ल्याइएको विद्युतीय चिकित्सा अभिलेख प्रणालीको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश साम्बाजिराब पाण्डवले उद्घाटन गरे।

यो प्रणालीको गत जेठ १४ गते परीक्षण अभ्यास गरिएको थियो। परीक्षण सफल भएपछि सञ्चालनमा ल्याइको हो। अबदेखि बिरामीको कागजमा तयार पारेर दिइने अभिलेख कम्प्युटरमार्फत उपलब्ध हुनेछ।

बिरामीले अस्पतालमा नाम दर्ता गराएपछि फार्मेसीबाट औषधि लिएर बाहिरने बेलासम्मको अभिलेख कम्पयुटरमै रहने जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए। ‘यो प्रणालीले बिरामीको अघिल्लो पटक जाँच गरिएका सबै रिपोर्ट कम्पयुटरमै उपलब्ध गराउनेछ’, उनले भने।

विश्व स्वास्थ्य संगठनले विद्युतीय चिकित्सा अभिलेख प्रणालीका लागि आवश्यक पर्ने डेक्सटप, प्रिन्टर, टावर सर्भिस, ट्याबलेटसहित गरेर ३३ लाख २७ हजार ७९३ रुपैयाँ बराबरका सामग्री दिइएको हो। थप आवश्यक पूर्वाधार, सामाग्री र कर्मचारीको क्षमता विकास अस्पताल आफैंले गरेको छ।

‘यो प्रणालीले टिकट काउण्टर र ल्याबमा कामको भार कम गराउनेछ’, कार्यकारी निर्देशक श्रेष्ठको भनाइ थियो। एक्सरेको रिपोर्ट पनि डाक्टरकै कम्प्पुटरमा देखिने भएकाले बिरामीले तिर्नुपर्ने शुल्कमा पनि कटौती हुनेछ। यो सेवालाई अब देशैभर विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताए।

देशका जुनसुकै अस्पतालमा पुग्दा पनि कागजमा रिपोर्ट बोकेर हिँड्न नपर्ने गरी एकीकृत सेवाको विकास गर्ने उनको भनाइ छ। ‘पोखराको अस्पतालमा गएर देखाउनलाई एउटा नम्बर हुनेछ। त्यो नम्बरले जहाँको रिपोर्ट पनि हेर्न मिल्छ’, उनले भने, ‘अहिले ठ्याक्कै यहाँको रिपोर्ट अन्त हेर्न मिल्ने भइसकेको छैन। तर, अबको तीन महिनाभित्र हुन्छ।’

केही अस्पतालमा विश्व स्वास्थ्य संगठनमार्फत र अन्य अस्पतालमा स्वास्थ्य मन्त्रालयले बजेट सुनिश्चित गरेर सबैमा यो प्रणाली लागू हुने मन्त्री पौडेलको दाबी छ। यो प्रणालीमा बिरामीको रोग, विगतको चिकित्सा इतिहास, खोप, रोगको निदान, औषधि, उपचार, रेडियोलोजी, प्रयोगशाला परीक्षणलगायतका आवश्यक सबै विवरण समावेश हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?