तत्काल सडक आन्दाेलन गर्नु हुँदैन: एन प्याब्सन

तत्काल सडक आन्दाेलन गर्नु हुँदैन: एन प्याब्सन
+
-

धनगढी- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन)ले शिक्षा विधेयक २०८२ मा असहमति हुँदाहुँदै पनि तत्काल सडक आन्दोलनमा नजाने बताएको छ ।

एनप्याब्सन सुदूरपश्चिम प्रदेश समितिले आज (बुधबार) धनगढीमा पत्रकार सम्मेलन गर्दै तत्कालन सडकमा नजाने बताएको हो । उसले वार्ता र संवादबाट समस्या समाधान खोज्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा एनप्याब्सनका अनुसान आयोगका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद जोशीले वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्ने बताए । उनले भने,’सरकारले ल्याएको विधेयकमा पूर्ण छात्रवृत्तिको प्रावधान, सामाजिक सुरक्षा कोष सम्बन्धी व्यवस्था तथा निजी विद्यालयलाई क्रमिकरुपमा गैह्र नाफामुलक बनाउने व्यवस्थामा हाम्रो असहमति छ ।’

उनले यी विषयमा असहमति भएपनि आन्दोलनका लागि सडकमा गइहाल्नुपर्ने अवस्था नभएको बताए । उनले भने,’अहिले नै सडकमा जाने अवस्था आएको छैन् । समय आएपछि जान्छौँ । अहिले हाम्रो जोड वार्ता, संवाद, अन्तरक्रियाबाट समस्या समाधान गर्नेमा छ ।’

उनले हाल एनप्याब्सन विद्यलाय बन्द, हड्तालको पक्षमा नरहेको बताउँदै अहिले नै सरकारलाई धेरै दवाब दिन नहुने बताए । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष दीपक वमले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थालाई राज्यले प्रोत्साहित गर्नुको सट्टा निरुत्साहित गरिरहेको बताए ।

सरकारले निजी विद्यालयलाई अप्ट्यारोमा पार्ने काम गरेको भएपनि अहिले नै आन्दोलनमा नजाने उनले बताए । शिक्षा विधेयकमा निजी विद्यालय केही मागहरु पूरा पनि भएको उनले बताए ।

एनप्याब्सनले विद्यालय शिक्षा ऐन, २०८२ को मस्यौदा, शुल्क व्यवस्थापन, छात्रवृत्ति, सामाजिक सुरक्षा कोष र विद्यालयहरूको योगदानबारे आफ्नो धारणासमेत सार्वजनिक गरेको छ ।

संगठनले निजी विद्यालयलाई विशिष्ट क, ख, ग, घ श्रेणीमा वर्गीकरण गर्ने, शुल्क स्थानीय तहबाट स्वीकृत गर्ने र १० प्रतिशत छात्रवृत्ति प्रावधानलाई समर्थन गरेको छ । तर प्रस्तावित ‘पूर्ण छात्रवृत्ति’ व्यवस्थाले शुल्क संरचना प्रभावित हुने र अभिभावकमाथि अतिरिक्त भार पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

त्यसैगरी, सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागिता र विद्यालयलाई गैरनाफामूलक कम्पनीका रूपमा सञ्चालन गर्ने प्रस्ताव शिक्षामा भएको निजी लगानी र योगदानलाई उपेक्षा गर्ने खतरा भएको संगठनको ठहर छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?