हमासको बन्धकमा रहेका जोशीको रिहाइका लागि मुख्यमन्त्री कार्कीद्वारा आग्रह

हमासको बन्धकमा रहेका जोशीको रिहाइका लागि मुख्यमन्त्री कार्कीद्वारा आग्रह
+
-

मोरङ – हमास समूहको बन्धक रहेका विपिन जोशीको रिहाइका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चासो लिएका छन्। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार इजरालयका राजदुत स्मुलिक आरि बाससँगको भेटमा मुख्यमन्त्री कार्कीले जोशीको रिहाईका लागि पहल गर्न आग्रह गरेका थिए।

भेटका क्रममा उनले नेपाल–ईजरायलबीचको ऐतिहासिक मित्रता रहेको बताएका थिए। सोही क्रममा उनले भने, ‘कोशी प्रदेश सरकार बन्धक रहेका नेपाली युवा जोशीको रिहाईको लागि आग्रह गर्दछ।’

हमास समूहले गतवर्ष अक्टोबरमा इजरायलबाट कञ्चनपुरका जोशीलाई बन्धक बनाएको भनिएको छ। यसबीच हमास र इजरायलबीच बन्धक रिहाइका लागि युद्धविराम भएपनि, जोशीको रिहाइ हुन सकेको छैन। केहीदिन अघि जोशीकी आमा र बहिनीले समेत इजरालयमा पुगेर जोशीको रिहाइको माग गरेका थिए।

त्यसैगरि, मुख्यमन्त्री कार्कीसंगको भेटका क्रममा इजरायलका राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध अत्यन्तै पुरानो र गाढा भएको बताएका थिए। उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालदेखि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे। केयर गिभर र एग्रिकल्चरको क्षेत्रमा काम गर्ने अवसरहरू इजरायलमा रहेको चर्चा गर्दै उनले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

त्यसैगरी, उनले कृषि क्षेत्रमा काम गर्न र सहकार्य गर्न इजरायल सरकार तयार रहेको उल्लेख गरे।भेटका क्रममा मनमोहन प्राविधिक विश्वविद्यालय, गौरादह कृषि क्याम्पस लगायत प्रदेशका कृषि क्याम्पससँग सहकार्य गरेर अगाडि बढ्नका लागि पनि मुख्यमन्त्री कार्कीले आग्रह गरेका थिए।

कृषि, श्रम रोजगार र स्वास्थ्य क्षेत्रमा मुख्य सहकार्य हुँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले नेपाली मुख्यतया कृषि र केयरगिभरमा इजरायलमा कार्यरत भएको र यसलाई अझै व्यवस्थित बनाउनुपर्ने उल्लेख गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?