
धनगढी – कैलालीको गोदावरी नगरपालिकास्थित खुटिया खाेलामा नुहाउने क्रममा ४ जना युवा बेपत्ता भएका छन्।
गाेदावरी नगरपालिका वडा नम्बर ९ शेहरी झोलुंगे पुलनजिक खुटिया खोलामा नुहाउन गएका ७ जनामध्ये ४ जना युवा बेपत्ता भएका हुन्।
झोलुंगे पुलनजिकै नदीमा पौडी खेल्ने क्रममा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी नदीमा बगेर बेपत्ता भएको इलाका प्रहरी मालाखेतीका डीएसपी रण बहादुर चन्दले बताए।
उनीहरु सबै धनगढीका हुन्। उनीहरुकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएको छ।